नियम १११
बोलपत्रको पूर्णताको परीक्षण
बोलपत्रको पूर्णताको परीक्षण गर्दा मूल्याड्ढन
समितिले खरिद ऐनको दफा २३ को उपदफा (३) मा उल्लेख भएका कुराको अतिरिक्त
देहायका कुराको परीक्षण गर्नु पर्नेछ ः–
(क) बोलपत्रदाता व्यक्तिगत रुपमा वा संयुक्त उपक्रमको साझेदारको रुपमा
एकभन्दा वढी बोलपत्रमा संलग्न भए वा नभएको,
(ख) बोलपत्रदाता खरिद ऐनको दफा ६३ को उपदफा (२) र (३) बमोजिम
खरिद कारबाईमा भाग लिन अयोग्य भए वा नभएको,
(ग) सम्बन्धित स्थानीय निकायबाट वा स्थानीय निकायबाट तोकिएको अन्य
निकायबाट बिक्रि भएको बोलपत्र सम्बन्धी कागजातमा बोलपत्र पेश भए
नभएको,
(घ) सम्बन्धित व्यक्ति, फर्म, संस्था वा कम्पनी आपैmले खरिद गरेको बोलपत्र
सम्बन्धी कागजात भरी पेश गरे वा नगरेकोे ।